काठमाडाैं- गण्डकी प्रदेशका सांसद दीपक मनाङेले राजीनामा दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयकाे जिम्मेवारीबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका मनाङेले राजीनामा दिएका हुन् ।
यसअघि भौतिक मन्त्री रहेका मनाङेलाई परिवर्तन वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, ‘जुनियरलाई दिने मन्त्रालय’ भन्दै उनले मुख्यमन्त्रीसंग असन्तुष्टि जनाएका थिए । आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उनी बाहिर निस्किएका थिए ।
मनाङेले वन मन्त्रालय मनाङबाट निर्वाचित सांसद मुनिन्द्रजंग गुरूङलाई दिन माग गरेको उल्लेख बताए ।
‘मैले त हिजै लिँदैन भनेको हुँ । यिनीहरूले मेरो नाम राखिदिएछन् । तल्लो मनाङको भाइ (मुनिन्द्रजंग गुरुङ) लाई मन्त्री देऊ भनेको हुँ’, उनले भने ।