काठमाडौं– नेपाली कांग्रेसका नेता एवं गाेरखा-१ प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंकाे सामाजिक सञ्जाल ट्विटर (एक्स)ले अकाउन्ट सस्पेन्ड गरेको छ ।
आफ्नो एक्स अकाउन्टमा बालबालिकाको ‘नग्न भिडिओ’ राखेपछि बजगाईंको आलोचना भएको थियो ।
एक्स प्रयोगकर्ता बाबा अनिल चेले बजगाईलाई मेन्सन गरेर लेखेका थिए, ‘आफ्नो बाल्यकाल सम्झँदै अरुको बालबालिकाको नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नु बालबालिकाविरुद्धको अपराध हो भन्ने हेक्का छ कि छैन ?’
यो र अरु सार्वजनिक आलोचना भएपछि बजगाईंका अकाउन्ट एक्सले सस्पेन्ड गरेको हो ।
प्रतिक्रिया