काठमाडाैं- धादिङ सेवा समाज कतारले आगामी ६ सेप्टेम्बर शुक्रवार दोहा कतारको सनैया स्थित रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा समाजको ७औँ अधिवेशन गर्न लागेको हो ।
धादिङ सेवा समाज कतार र धादिङ युवा समाज कतारबिच लामो समयसम्मको गतिरोध अन्त्य गर्दै समाजलाई एकढिक्का बनाइ दोहामा रहेका धादिङे र गैरधादिङे श्रमिकहरूको उत्थान र घर देशमा मानवीय र परोपकारी कार्य गर्न एकमत भएपछि लामो समयसम्म हुन नसकेको समाजको अधिवेशन हुने भएको हाे ।
धादिङ सेवा समाजको २००१ मा स्थापना भएता संस्थापक अध्यक्षले २००७ सम्म चारवटा अधिवेशन सम्पन्न गरेका थिए । तत्पश्चात् संस्था धारादायी बन्दै गएको थियो । संस्था अलपत्र परेपछि धादिङ युवा समाजको नामबाट चलायमान बनाउने प्रयत्न भए पनि व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण पुनः लथालिङ्ग अवस्थामा पुगेका थियो ।
समाजको दुरावस्था भएपछिको धादिङ सेवा समाज अन्तर्राष्ट्रिय समितिले सोमनाथ कँडेललाई पत्राचार गर्दै संस्थाको तदर्थ समिति गठन भएकाे कवीन्द्र कँडेलले बताए।
अन्तर्राष्ट्रिय समितिको पत्रअनुसार कँडेलको नेतृत्वमा बनेको तदर्थ समितिले सबै असन्तुष्ट पक्षलाई एकीकृत गर्दै ७औँ अधिवेशनको तयारीमा जुटेको छ ।