काठमाडाैं- नेकपा (माओवादी केन्द्र) आन्दोलनको स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ।
शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष प्रचण्डले निर्देशित गरेको बताए।
उनले बैठकमा प्रचण्डले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राखेको जानकारी दिए।
बैठकमा नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरु पर्शुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राखेका थिए।
परिस्थिति जटिल भएको र त्यसका चुनौतीहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरुले जोड दिएको पनि उनले बताए।