गोरखा– तरकारी ढुवानीको सहजताका लागि गण्डकी गाउँपालिकाले विद्युतीय रोपवे सञ्चालन गर्ने भएको छ ।
विद्युतीय रोपवे कार्यक्रमका लागि गाउँपालिका र रोपवे नेपालको प्राविधिक परामर्शदाता विस्तृत प्राविधिक स्थलगत अध्ययन समेत सम्पन्न गरेको छ ।
केही वर्ष अघिसम्म हाते रोपवे सञ्चालनमा आएको तथा हाल बन्द रहेको हिक्लुङ थुम्कामा थप स्तरोन्नति गरी विद्युतीय रोपवे सञ्चालन गरी तरकारी तथा सामान ढुवानी गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताए ।
रोपवेबाट हिक्लुङ थुम्काबासीहरुको आवश्यकता तथा व्यावसायिक तरकारी उत्पादनको प्रबद्रधनका लागी टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । गण्डकी प्रदेशबाट प्राप्त ४० लाख र गाउँपालिबाट थप ५० लाख गरी कुल ९० लाखमा यो आयोजना गर्न लागिएको पालिसकाले जनाएको छ ।
गाउँपालिकाले यसको विस्तृत डिजाइन तयार गरी यसै आर्थिक वर्षमा निर्माण सुरु गर्ने गरी कार्य अघि बढाउने जनाएको छ । वर्षाको समयमा पहिरो गइरहने भएकाले ग्रामीण भेगमा सवारी साधन सञ्चालन नहुने भएकाले रोपवे सञ्चालन गर्न अध्यक्ष तिमिल्सिनाले बताए ।
प्रतिक्रिया