सिराहा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगथले सिराहाको गोलबजार नगरपालिकामा छापा मारेको छ ।
नगरपालिकाले असारको मिति राखेर साउनमा गरेको कारोबारलाई लिएर छापा मारेको बताइएो छ । न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरूलाई अभिमुखिकरण तालिम हलमा अख्तियारले छापा मारेको छ ।
अवैधानिक ढंगले नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधिहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रम गरिरहेकै भन्दै छानबिनका लागि अख्तियारको टोली पुगेको हो । छापा मार्नुको पुरा कारण भने आउन बाँकी छ । अहिले अख्तियारले कागजात हेरिरहेको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर उपप्रमुख मान्ती साहकै मिलेमतोमा प्रक्रिया मिचेर मध्य साउनमा कार्यक्रमको उद्घाटन गरिएकाे थियाे। उपमेयर साहले कार्यक्रमको उद्घाटन गर्नु, पालिकाको १३ वटै वडाका वडाध्यक्षहरू कार्यक्रम सहभागी हुनु र सबैको आँखा अगाडी नै कार्यक्रमको मिति एक महिना अगाडीको राखेपछि गोलबजारमा अख्तियारले छापा मारेकाे हाे ।
याे पनि,
गोलबजार नगरपालिकाले असारको मिति राखेर साउनमा तालिम गरेको खुलासा