काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई वन्डरल्यान्ड नेपाल बुङ्मतीले उपलब्ध गराउने सेवा मूल्यमा १० प्रतिशत बोनस दिने भएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई किक फन वर्ल्ड प्रालिबाट सञ्चालित वन्डरल्यान्ड नेपाल बुङ्मतीको सेवा मूल्यमा १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने गरी दुवै पक्षबीच समझदारी भएको छ ।
समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरे ।
समझदारी अनुसार बैंकका ग्राहकले वन्डरल्यान्ड नेपालमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि बैंकका ग्राहकलाई १० प्रतिशत बोनस थप गरी वन्डरल्यान्डले कार्ड उपलब्ध गराउनेछ ।
ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदानसमेत पुर्याइरहेको छ ।
प्रतिक्रिया