काठमाडौं– प्रभु बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटमा रहेको र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकका कर्मचारी एवम् ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सविन राणा तथा र्याडिसन होटलका निर्देशक (फुड एन्ड बेभेरेज) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुंगानाले हस्ताक्षर गरेका छन् ।
र्याडिसन होटल एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रूपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटल हो ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी एवम् ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध गराउने विभिन्न सेवा तथा सुविधा मध्ये खाना, पेस्ट्री सप, ट्रनक्युलिटी स्पाका साथै र्याडिसन होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।
‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३०९ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएकाे बैंक हाे।
प्रतिक्रिया