+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकका कार्डवाहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशतसम्म छुट

पालिका लाइभ
२०८१ श्रावण १३, आईतवार १७:१३ गते

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई र्‍याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।

समझदारीमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र होटलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरूले र्‍याडिसन होटल काठमाडौंमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् । बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौंमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौंले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने छन् ।

ग्राहकको सुविधालाई ध्यान दिँदै बैंकले विभिन्न संघ-संस्थासँग समन्वय गरी यस्ता किसिमका योजना ल्याइरहेको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदानसमेत पुर्‍याइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ