चितवन– फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।
आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक-दुई घण्टा लाग्ने अनुमान छ ।
बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।
यस अघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस बर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन्।
अहिले डोजरले पहिरो पन्छाउने काम सुरु गरिएकाे र केहि बेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।