+
Search

ताजा अपडेट +

पपुलर +

सत्तारुढ गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले प्रतिवाद गर्छः गंगा श्रेष्ठ

पालिका लाइभ
२०८१ श्रावण ५, शनिबार १३:२८ गते

काठमाडाैं- महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपालका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने बताएका छन् ।

कार्यदल सदस्य श्रेष्ठले समाजवादी मोर्चाले देशमा राजनीतिक परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्ने बताएका हुन् ।

उनले नयाँ सत्तारुढ गठबन्धनले देशलाई पश्चगमनमा धकेल्न लागेको आरोप लगाए । सहअध्यक्ष श्रेष्ठले प्राप्त उपलब्धिहरूलाई छिन्ने धृष्टता गरे समाजवादी मोर्चाले त्यसविरुद्धमा सडक र सदनबाट संघर्ष गर्ने बताए । उनले देशका समाजवादी, कम्युनिस्ट र वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको भन्दै मोर्चाले त्यसको आधार तयार गर्ने बताए ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले आगामी दिनमा मोर्चामा आबद्ध दलहरू पार्टी एकताको तहसम्म पुग्न सक्ने पनि बताए । कार्यदल सदस्य श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धनभित्र षड्यन्त्रका गन्धहरू देखिएको भन्दै मोर्चाले षड्यन्त्रको प्रतिवाद गर्ने बताए ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका श्रेष्ठले प्रदेश सरकार निर्माणमा केन्द्रबाट हस्तक्षेप गर्नु नहुने बताए । प्रदेश सरकार स्वायत्त सरकार भएको उल्लेख गर्दै उनले कुन–कुन दल मिलेर सरकार गठन गर्ने भन्ने निर्णयको अधिकार प्रदेशसँगै हुने बताए । उनले केन्द्रीय गठबन्धन टुट्नासाथ सबै प्रदेशका गठबन्धन फेरबदल हुँदा यसले प्रदेशको औचित्य र आवश्यकतामाथि नै प्रश्न उठाएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ