काठमाडौं- सुनको मूल्यमा बढोत्तरीले प्रतिदिन नयाँ कीर्तिमान बनाइरहेको छ। अघिल्लो दिनको भन्दा बुधबार २ हजार रुपैयाँ बढ्दा तोलाको डेढ लाख रुपैयाँ नजिकै पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ४९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
सोमबारका तुलनामा ९ सय रुपैयाँ बढ्दा मंगलबार प्रति तोला १ लाख ४७ हजार ८ सय रुपैयाँ भएको थियो। यो साता अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य क्रमिक बलियो भएको छ।
चाँदी मंगलबार घटे पनि फेरि बढेको छ। बुधबार प्रति तोला १ हजार ८ सय ९५ रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घट्दा मंगलबार तोलाको १ हजार ८ सय ७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक रुपमा बढ्न थालेपछि स्थानीय बजारमा यसको असर परिरहेको छ। मंगलबार प्रतिऔंस २४२६.९४ डलर रहेको सुन बुधबार बढेर २४६९.३९ डलर पुगेको छ।