काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको संवाहकको रूपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्य प्रति उत्तरदायी संस्थाको रूपमा रहेकोले यो सम्झौता अधि बढेको जानकारी गराउँदै ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरूको बारेमा समेत बताए । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा साबित हुने कुरा पोखरेलले उल्लेख गरे ।
यस दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैंकले नास–आइटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरूको लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने जनाइएको छ ।