काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको हो।
आज एक तोला सुनको मूल्य एक लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सुनको मूल्य तोलामा एक लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो।
शुक्रवार सुन तोलामा १०० रुपैयाँले बढेर प्रति तोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ। आइतबार चाँदी प्रति तोला एक हजार ८९० रुपैयाँ पुगेको छ। शुक्रवार चाँदी प्रति तोला एक हजार ८७० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३९२.५९ डलर र चाँदी प्रतिऔंस ३१.२१ डलरमा कारोबार भइरहेको छ।