काठमाडौं– टर्कीएविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बर्लिनस्थित ओलम्पिक स्टेडियममा शनिबारा राति भएको अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्डले एक गोलले पछि परेको स्थति उल्ट्याएर टर्कीएलाई २-१ ले हरायो ।
नेदरल्याण्ड्सको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो । टर्कीएका मेरट मुलडुरले ७६ औं मिनेटमा गरेको आत्मघाती गोलमा नेदरल्याण्ड्स विजयी भएको हो ।
त्यसअघि समेट अकायडिनको ३५औं मिनेटमा गोल गर्दै टर्कीएलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा यो अग्रता कायम रहेपनि दोस्रो हाफमा डच टोली खेलामा फर्कियो । ७० औं मिनेटमा नेदरल्याण्ड्सका स्टेफान डे भर्जिलले बराबरी गोल गरे । त्यसको ६ मिनेटपछि नै टर्किएका मुलडुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले २-१ अग्रता बनायो । त्यही अग्रता कायम राख्दै नेदरल्याण्ड्स ससेमिफाइनल प्रवेश गरेको हो ।
अब नेदरल्याण्ड्सले सेमिफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।