+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकका ग्राहकलाई होटल हिमालयमा विशेष छुट

पालिका लाइभ
२०८१ असार १९, बुधबार १०:२३ गते

काठमाडौं– प्रभु बैंकका ग्राहकले ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा विशेष छुट पाउने भएका छन् ।

होटलले दिने विभिन्न सेवामा विशेष छुट दिने विषयमा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयका बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरे ।

सम्झौता अनुसार होटलबाट छुट प्राप्त गर्नका लागि ग्राहक एवम् कर्मचारीले प्रभु बैंकमा आवद्धता भएको प्रमाण पेस गर्नुपर्ने छ ।

ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ साथै, लन्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मान पाएकाे बैँकले छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ