+
Search

ताजा अपडेट +

पपुलर +

घाटबेंसी र बुट्टार जोड्ने पुल तुरुन्त मर्मत गर्न सरकारलाई सांसद ढकालको ध्यानाकर्षण

पालिका लाइभ
२०८१ असार ५, बुधबार १७:२६ गते

काठमाडाैं- सांसद एकनाथ ढकालले गोरखाको घाटबेंसी र धादिङको बुट्टार जोड्ने बुढीगण्डकी माथिको पुल तुरुन्त मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै ढकालले भिमसेनथापा गाउँपालिका वडा नम्बर ८ र धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर १ बुट्टार जोड्ने १९० मिटरको झोलुङ्गे पुल ०५१ सालमा बनेको र पुल बनाउँदा देखि काठको फलेक हालेर बनाइको र त्यस पछि मर्मतको लागि कुनै बजेट नपरेको बताए ।

उनले तत्काल सरकारकाे ध्यानाकर्षण गराए ।

पूर्वमन्त्री समेत रहेका सांसद ढकालले जीर्ण पुलबाट धादिङ-बुट्टारदेखि बालबालिकाहरू दिनहुँ जोखिमपूर्ण यात्रा गर्दै गोरखा – महादेवटार स्थित जागेश्वर माध्यमिक विद्यालयमा अध्ययन गर्न आउँदाको पिडा मनन गर्न पनि सरकारको ध्यानाकर्षण गरे।

सांसद ढकालले दिनहुँ कृषकहरू समेत वारि र पारी गर्नु पर्ने उक्त पुल यदि केही दिन भित्र मर्मत नगर्ने हो भने कर्णालीमा खच्चडको जस्तै हालत यहाँ रोपाइको लागि लगिएको गोरुको समेत हुनेबारे सरकारलाई सचेत गराए।

सांसद ढकालले १२०० मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण लगाएको काम सम्पन्न गरी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ