रौतहट– चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले वडा नं. २ जुडिबेलाको मुख्य बाटोको कालोपत्रे काम गुणस्तरहिन भएको बताएका छन् ।
नगर प्रमुख काफ्लेले हाल गदै आएको सडकको काम गुणस्तरहिन भएको र सडकमा नै जलासय बनेको कारण तुरुन्त सच्चाउन निमार्ण कम्पनीलाइ निर्देशन दिए। सडकको मापदण्ड अनुसार तोकिए बमोजिमको काम गर्न उनले निर्माण कम्पनीलाई सुझाव दिएका थिए ।
चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित जुडिवेलामा निर्माण कार्य भै रहेको कालोपत्रे सडकको विहिबार स्थलगत निरिक्षण गर्दै उनले उत्त निर्देशन दिएका छन् । कालोपत्रे सडक मापदण्ड अनुसार नभएको र काममा लापरवाहि भएको जनगुनासो आएपछि आफु स्थलगत निरिक्षणका लागि आएको उनले बताए ।
सडक कालोपत्रेको काम जुनसुकै निकायले गरेको काम भएपनि कमसल र झाराटारी नगर्न र गुणस्तरीय हुनुपर्नेमा उनले बताए । सडक मोटाइ नपुगेको, लेभलिङ नमिलेको, पानी परेको अवस्थामा समेत ठेकेदार कम्पनीले कालोपत्रे गरेको गुनासोका आधारमा आफु अनुगमनमा आएको बताए ।
नगर प्रमुख काफ्लेले सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको हुन सक्ने बताए । यदपी प्राविधिक तथा ईन्जिनियरले यसको मुल्याङ्गन गर्नु पर्ने उनको तर्क छ । जुडिवेलाका अगुवा नेता प्यारो कार्कीका अनुसार कालोपत्रे सडकमा नै बर्षातको पानी जम्ने गरेको पाईएको छ । कालोपत्रे सडकबाट पानी नालामा नबग्नुले लापरवाहि तरिकाले काम भएको आरोप लगाए । पटक पटक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई सम्झाउँदा समेत वेवास्ता गरेको उनको आरोप छ ।
जुडिबेलाको प्रवेशद्धार देखी असनवा सम्मको मुल सडकको दाँया बाया नाला सहितको कालोपत्रे, नयाबस्तीको सडक ढलान तथा गैडाटारको हाट बजार ब्यबस्थापनको लागी ठेक्का लागेको थियो । सो ४ वटा योजना सम्पन्न गर्नको लागी १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाको लागतमा बिनायक/ प्रजिल जेभि भक्तपुरले ठेक्का लिएको छ । सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भएतापनि निमार्ण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयामा सकार गरेको छ । अहिले सोहि अन्तर्गत जुडिवेला प्रवेशद्धारबाट कालो पत्रे सडक निर्माण कार्यले तिव्रता पाएको हो ।
दुई तर्फ नालाको काम सकिएको छ भने कालोपत्रेको काम पनि आन्तिम चरणमा पुगेको ठेकेदार निमार्ण कम्पनीले जनाएको छ । सहरी बिकास मन्त्रालय अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामा यो बसपार्क बन्न लागेको हो । ठेकेदार निमार्ण कम्पनीले सो योजना आउदो २०८१ असोज १५ गते भित्र निमार्ण गरिसक्नुपर्ने छ ।
चन्द्रपुर नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी, नगरपालिकाका ईन्जिनियर महेश वोहरालगायतले अनुगमन गरेका हुन् ।
अनुगमनमा पुगेको टोलीलाई स्थानियले सडक निर्माणका क्रममा भएको त्रुटी वा कमिकमजोरीको बारेमा बताएका हुन् । चन्द्रपुर नगरपालिकाले सडक ढलान, कालोपत्रे तथा नाला निर्माणको काम पनि प्रथामिकता दिदै आएको जनाए ।