काठमाडौं– एनआईसी एसिया बैंकले कर्जा लिएका आफ्ना ग्राहकलाई लक्षित गरी छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ ।
आर्थिक शिथिलताका कारण ऋणीलाई परेको असरलाई सघाउने उद्देश्यले कर्जा छुट योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
२०८० चैत मसान्तसम्म भाखा नाघेका ऋणीहरूको हकमा जेठ २०८१ सम्म सबै कर्जा भुक्तानी गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।
साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
तालिका :
क्र.सं. | भाखा नाघेको समयावधि | साधारण ब्याज रकममा छुट (प्रतिशत) |
१ | ९१ दिनदेखि १८० दिन | १५ प्रतिशत |
२ | १८१ दिनदेखि ३६५ दिन | २५ प्रतिशत |
३ | ३६५ दिनभन्दा बढी | ३५ प्रतिशत |