+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ विकास बैंक हरियाली प्रवर्धनमा, इलाम र महोत्तरीमा गर्‍यो वृक्षरोपण

पालिका लाइभ
२०८१ जेष्ठ १२, शनिबार १८:५८ गते

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम र महोत्तरीमा वृक्षरोपण गरेको छ।

बैंकले इलाम नगरपालिकाको चियाबारी-७ र पाटेनाग-१ मा कागतीका २५० वटा विरुवा रोपेको छ।

यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-६ मा कागतीका १०० वटा विरुवा रोपेको बैंकले बुधबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ। वृक्षरोपणमा बैंकका कर्मचारी र स्थानीय सहभागी भएका थिए।

यसबाट हरियाली प्रवर्धन भइ वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics