+
Search

ताजा अपडेट +

पपुलर +

संसद्‌मा एमाले र कांग्रेसका सांसदको धक्कामुक्की, ओलीमाथि धनराजको अभद्र व्यवहार

पालिका लाइभ
२०८१ जेष्ठ ३, बिहीबार १८:२३ गते

काठमाडौं- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेला धकेल समेत भएय्को थियो । सांसदहरुबीच धकेला धकेल हुदा संसदमा  तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए ।

नाराबाजीका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव देखिएको छ । यसअघि पटक पटक सहमतिका प्रयास भएपनि ठोस सहमति हुन नसक्दा कांग्रेसले आफ्नो अवरोध जारी राखेको छ ।

संसदमा तनाव भएपछि सभामुखले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए ।

कांग्रेस सांसदहरुले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन बाटो छेकेर नाराबाजी गरिरहेका थिए । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे र कांग्रेस नेताहरुसँग विवाद गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ