काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन्।
माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएकाे हाे ।
जसपा नेपाल अध्यक्षसमेत रहेका यादवले सरकार छाड्ने र समर्थन फिर्ता लिने तयारी गरेका थिए। आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि यादव सरकार छाड्ने मनस्थितिमा पुगेका हुन् ।
अघिल्लो साता जसपा नेपाल विभाजनसँगै अशोक राई पक्ष समेत प्रचण्ड सरकारमै छ । आइतबार विहान यादवले प्रधानमन्त्रीसँगको भेटमा सरकार छाड्ने चेतावनी दिएका थिए ।
अशोक राईले पार्टी विभाजन गरेसँगै उपेन्द्रसँग ५ सांसद छन्।