पोखरा– स्थानीय प्रशासन सेवातर्फका १७ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १७ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा सिफारिसमा परेका कर्मचारीहरूमा स्थानीय प्रशासन सेवा, प्रशासन समूह, प्रशासकीय अधिकृत सातौँ तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौँ तहमा ४ गरी १७ जना बढुवाका लागि सिफारिस भएका छन् ।
उनीहरूलाई ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिस भएकामा किरणबाबु कट्टेल, राजेन्द्र सुवेदी, रामकुमार श्रेष्ठ, चन्द्रकान्त तिमिल्सिना, मणिप्रसाद रेग्मी, चण्डीराज पौडेल, विष्णुप्रसाद ढकाल, सोमबहादुर खत्री, ईश्वरीप्रसाद पोखरेल, डिल्लीराम गिरी, विमला वाग्ले, गोविन्द बहादुर जिसी, झकनाथ पौडेल रहेका छन् ।
यस्तै लेखा समूहबाट नारायण मरहट्ठा, ढाकाराम लामिछाने, श्यामबहादुर पराजुली र प्रेम प्रसाद शर्मा रहेका छन् ।