काठमाडौं– कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौत भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने छन् । छुट पाउन सेवा लिएबापतको भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत गर्नुपर्ने छ ।
कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौं मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयबाट सामान्य डेन्टल सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवामा ७ प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट र पहिलो भिजिटमा निःशुल्क आँखा परीक्षण प्राप्त गर्न सक्ने केन्द्रले जारी विज्ञप्तिमा उल्लेख छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।