गोरखा– २०७९ सालको स्थानीय तह निर्वाचनमा जिल्लाकै कान्छी उम्मेदवारका रूपमा चर्चा पाएकी एक हुन्- मिरा उपरकोटि। सिरानचाेक गाउँपालिका वडा न ८ जौवारिकी उनी उम्मेदवार हुँदा स्थानीय देखि जिल्ला तहका राजनीतिक चर्चा र परिचर्चा हुन्थ्यो । त्यो स्वाभाविक पनि थियो । कारण थियो, कम उमेरमा नै वडासदस्यकाे टिकट पाउनु । नेकपा माओवादी केन्द्रबाट खुल्ला महिला वडा सदस्यमा चुनाव लडेकी मिराले जौवारिबाट महिला सदस्यमा चुनाव जित्न सफल भइन्।
२०७३ सालमा स्थानीय सरकार गठन पश्चात् विभिन्न केयाैं वडा सदस्य तथा अन्यको गुमनाम रूपमा कार्यकाल अन्त्य भइरहँदा मिराको भने चर्चा निर्वाचन पश्चातपनि चर्चा भइरहेको छ । कारण हो, जिल्ला समन्वय समिति (जिसस) । गत निर्वाचनमा जिल्लाका चार ठुला दल गठबन्धन गर्न भन्दै मर्स्याङ्दी नदीका केयाैं तिर राज बिताए । गोरखाका केयाैं हाेटलमा बैठक बसे । तर पनि एक्लाएक्लै निर्वाचनमा होमिने निर्णय पश्चात् जिल्लाको राजनीतिक समीकरण नै फेरियो । त्यही फेरियाेकाे समीकरणका कारण मिराको पाइला जिससमा पुग्न सफल भयो ।
स्थानीय तह लागु भएपछि जिसस ‘पन्ङ्गु’ जस्तो बनाइएको भन्दै आलोचना हुदैं आइरहेको छ। संघ, प्रदेश र स्थानीय सरकारको अधिकार फरक फरक भएपनि संघ र प्रदेशले जिससकाे अधिकार कटाैंती गरेको तथा पर्याप्त मात्रा नदिएको भन्दै जिसस अध्यक्षहरू आन्दोलन नै गर्ने अवस्थामा आइपुगेका छन् । त्यही अधिकार विहीन जिससकाे सदस्यमा निर्वाचित भएपछि मिराको चर्चा झन् बढेको हो ।
तत्कालीन अवस्थामा हाइप्राेफाइलका भन्दा कम तहका उम्मेदवार वडा सदस्यमा निर्वाचन लडेका थिए । त्यही कारण पनि चितवनमा विद्यार्थी राजनीतिमा सक्रिय लागिरहेकी मिराको राजनीतिक यात्रा वडा सदस्य हुदैं जिसससम्म पुग्न सफल भयो । सिरानचाेक गाउँपालिकामा २०७४ र ०७९ मा भएको निर्वाचनमा माओवादीका उम्मेदवारको लज्जास्पद हार भएपनि मिरासहितका अन्यले निर्वाचन जिते ।
‘सिङ्गो पालिका र वडाध्यक्षमा पार्टीका उम्मेदवारले पराजय भाेगेपनि हामी कहिले भने निर्वाचनमा विजयी भएका थियौँ,’ मिरा भन्छिन् ‘र, अहिले जिससको सदस्य समेत काम गर्दा जनप्रतिनिधि हुनु र समन्वय समितिमा रहेर काम गर्नु मेरो लागि अत्यन्तै नयाँ नौलो र नसोचेको ठाउँ हो ।’
वडा सदस्य र जिससमा फरक रहेको भन्दै उनै नयाँ र फरक खालको अनुभव भएको तथा राजनीतिसंगै समाजसेवामा जाेडिन् पाउँदा हर्षित भएको उनी सुनाउँछिन् । ‘यद्यपि मैले जनताको मत र विश्वासले जुन स्थान प्राप्त गरे यसमा मलाइ अहोभाग्य ठान्दछु,’ उनी भन्छिन् ‘यो बिचमा धेरै नयाँ नौलो अनुभव सङ्गै केही सामाजिक कार्यमा आफूलाई जोडिन पाउँदा हर्षित भएको छु । मैले मेरो आफ्नै वडामा लामो समयसम्म पनि कसैको ध्यान नपुगेको बाटो वडा न ८ ब्यखर्कबाट जनज्योति माध्यमिक विद्यालय चिप्लेटीसम्म जाने भिरको बाटोमा ५ लाख बजेट माग गरेर हाल्न सकियो र काम भइरहेको छ केही बजेट अपुग भएको छ अझै थप गरेर उक्त काम सम्पन्न गर्ने योजना लिएको छु ।’
दलित बस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्तरगतको बजेट ल्याउन पहल गरियो र सो कार्यक्रम आफ्नै दलित बस्तीमा लगाउन सकियो । यसले धेरै दलित जनतालाई राहत मिलेको थियो । आफू वडा पालिका र समन्वयमा प्राय आउने जाने गरिरहन पर्ने हुँदा वडाका धेरै जना आमाबुवा दाजुभाइहरूले टाढा वडा कार्यालयमा जिल्ला प्रशासन कार्यालय जान लाई नभ्याएर प्राय वडा र जिल्लामा गर्नुपर्ने काम म आफैले पुगेर गर्दिने गरेको छु स्थानीयहरू नि खुसी हुन्छन् आशीर्वाद दिनुहुन्छ खुसी लाग्छ ।
यसरी नै जिससबाट पालिकाहरूमा भएका विकास निर्माणमा काममा पनि अनुगमनमा उनी सक्रियका साथ लागिरहेकी छिन् । गोरखा जिसस माओवादी केन्द्रको एलाैटी निर्वाचित भएको थियो । ‘सानैदेखि समाजसेवाप्रति रुचि थियो र आज यो स्थानमा बसेर सेवा गर्न पाउँ खुसी लागेको छ,’ उनी भन्छिन् ‘आगामी दिनमा पनि यसै गरी समाजसेवामा लाग्नेछु । बाकी तीन वर्षलाई अझै उपलब्धिमूलक र सफल बनाउने लक्ष्य लिएको छु ।’