काठमाडौं– सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो।
आज तोलामा २३ सय रुपैयाँ बढेर तोलाकाे एक लाख ३७ हजार नौ सयमा कारोबार भइरहेको छ।
त्यसैगरी बिहीबार तेजाबी सुनकाे मूल्य प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ थियो। आज तेजाबी सुनको मूल्य रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँले बृद्धि भएको छ।
बिहीबार प्रतितोला एक हजार छ सय ८५ मा कारोबार भएको चाँदी आज एक हजार सात सय ३५ रुपैयाँ निर्धारण भएको छ।