+
Search

ताजा अपडेट +

पपुलर +

हुँदै नभएको काम देखाएर ६ लाख भ्रष्टाचार, जलेश्वर नगर प्रमुखसहित १२ जनाविरुद्ध मुद्दा

पालिका लाइभ
२०८१ बैशाख २८, शुक्रबार ०८:२२ गते

महोत्तरी– जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुख तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना करिब ६ लाख रुपैयाँ भ्रष्टाचारमा मुछिएका छन्।

नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इन्जिनियर पवनकुमार झा लगायतले गत आर्थिक वर्ष नगरपालिका-१ स्थित वरुणसर पोखरी नजिक पीपीसी ढलानका क्रममा वास्तविकभन्दा बढी काम भएको देखाएर उपभोक्ता समितिलाई ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट पाइएको हो।

अख्तियारले नगर प्रमुख सोनार, उपप्रमुख खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढकालसहित १२ जनाविरुद्ध बिहिबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगर प्रमुख सोनार र उपप्रमुख खातुन तथा वडा-१ का अध्यक्ष झा जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि हुन्।

वरिष्ठ इन्जिनियर पवनकुमार झा, अधिकृत धीरेन्द्र झा, इन्जिनियर राकेशकुमार चौधरी, वडा-१ का अध्यक्ष झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह लगायतलाई प्रतिवादी बनाइएको छ। उनीहरु सबैविरुद्ध ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो कायम गरी बिगो बराबर जरिवाना र कैद सजाय माग गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ