+
Search

ताजा अपडेट +

पपुलर +

एकैपटक नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

पालिका लाइभ
२०८१ बैशाख २७, बिहीबार ०८:१० गते

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ५१९ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो ।

विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मानव श्रोत विकासविभागका अनुसार २०८१ साल जेठ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ल ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाइएको छ । ध

नुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सोनु कुमार शाह, महोत्तरी स्थित इलाका प्रहरी कार्यालय गौशालामा सूर्यबहादुर राना मगर र बारा स्थित इलाका प्रहरी कार्यालय प्रसौनीमा सुरेशराज भट्टलाई पठाइएको छ ।

सुरज खत्रीलाई कपिलवस्तु स्थित इलाका प्रहरी कार्यालय कृष्णनगरमा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय निजगढमा सुमित कुशवाहा र सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा सुजन पाठकलाई पठाइएको छ ।

धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा सिताराम विष्टलाई सरुवा गरिएको छ ।

सूची

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ