काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र दिनारको मूल्य बढ्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २१ पैसा थियो।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ६५ पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा थियो।