पाेखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत पाएका छन् । प्रदेश सभा बैठकमा ५९ जना सांसद उपस्थित रहेका थिए। जसमध्ये ३० जना पक्षमा, २७ जनाले विपक्षमा मतदान गरे भने राप्रपाका २ जनाले मतदानमा भाग लिएनन्।
चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबि गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ । सबैधानिक प्रावधान अनुसार बैशाख २५ भित्र विश्वास मत लिनुपर्ने भएपनि मुख्यमन्त्री अधिकाले विश्वासकाे मत लिPका हुन् ।