+
Search

ताजा अपडेट +

पपुलर +

आयुर्वेद तेलका नाममा श्री केशको धन्दा, उपभोक्ता झुकाउँदै

पालिका लाइभ
२०८१ बैशाख २३, आईतवार १२:०० गते

काठमाडाैं– एक जना विजयी शाही थिए,जो मृत्युलाई जीवित बनाउँछु भन्दै विज्ञानलाई चुनौती दिन्थेँ । अर्को छन्, टीकाराम बुढाथोकी । जो सप्तऋषि आर्युवेदका नाममा झरेको कपाल पनि पलाउँछ भन्दै विज्ञापन गरिरहेका छन्, दुनियाँलाई पङ्गु बनाइरहेका छन् ।

काठमाडौको मध्यवानेश्वरको कार्यालय खडा गरिएको सप्तऋृषि आयुर्वेद प्रालि खोलेर उनले पनि विजय शाहीले झैँ विज्ञानलाई चुनौती दिइरहेका छन् । यसका सञ्चालक हुन, टिकाराम बुढाथोकी । जसका विगत कोट्याउने हो भने बदमासको बादशाह भन्दा फरक पर्दैन । यिनीसँग काम गरेका साथीहरूको अनुसार टिकाराम बुढाथोकी यस अगाडि वित्तीय लेखा पालको रूपमा काम गर्दथे। यिनै लेखापाल अहिले चिकित्सक बनेका छन् तर स्वास्थ्यसँग उनको कुनै साइनो छैन । न त आयुर्वेदकै ज्ञाता हुन । पुर्ख्यौली घर झापा भएका उनको न त डाक्टरीको पढाइ नै गरेको हुन त त छ- फार्मेसीको ज्ञान ।

तर, विज्ञापन र प्रचार गर्दछन्, क्यान्सरदेखि पागलपनसम्मको उपचार गर्ने, झरेको कपाल उमार्ने । केश सम्बन्धी सम्पूर्ण उपचार, छाला तथा सौन्दर्य सम्बन्धी, पेट सम्बन्धी, मलद्वार, मोटोपन, सुगर, कोलेस्ट्रोल, प्रेसरजस्ता दीर्घरोगहरु, हाड जोर्नी,यौन तथा शारीरिक दुर्बलता, पिसाब सम्बन्धी समस्याको उपचार गर्ने प्रचार गरिएको पाइन्छ । उनको कार्यालयमा झापा घर भएका चिकित्सक छन् । डा सबिन दवाडी, ६८४ नम्बर ।

वैधानिक स्वास्थ्यकर्मी छैनन् । खुलेआम डाक्टरको भेसमा मान्छे ठग्ने बुढाथोकी आफ्नो व्यवसाय वृद्धि गर्नका लागि कलाकारदेखि नेताहरूलाई समेत छोडेका छैनन्। कुनै समय भारतमा ५५० पर्ने आयुर्वेदिक औषधिलाई यहाँ क्यान्सरको औषधि भन्दै बिक्री गर्दै आएका थिए टीकाराम। पछि भारतको राजस्थानबाट त्यो औषधि बिक्री हुन छोडेपछि काठको धुलोलाई क्यान्सरको औषधि भन्दै १५ देखि २५ हजारसम्म बिक्री गरे। सोझा साझा जनतालाई सिकार बनाउँदै औषधिको नाममा पिठो बेच्नु यिनको प्रमुख धन्दा थियो ।

अहिले बुढाथोकीले श्री केश वेल बजारमा ल्याएर ढोङ पिटिरहेका छन् कि कपाल झरेको तालुमा पनि कपाल उम्रिन्छ भनेर । उक्त प्रचार गर्नका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली, हास्यकलाकार जितु नेपाल, हरिवंश आचार्य, गायकहरूलाई प्रयोग गर्दै व्यापक प्रचार गरिरहेका छन् झरेको कपाल पनि उम्रिन्छ भनेर। यही भन्दै सोझा नेपाली जनतालाई ढाँट्दै बिक्री गरिरहेका छन्। उक्त तेल लगाएपछि झरेको कपाल पनि पलाउँछ भन्दै बिक्री गरेपछि हामीले यस विषयमा बुझ्नलाई सम्पर्क गर्‍यौ तर उक्त कम्पनीका म्यानेजर नरेन्द्र शंकरसँग । उनले शत प्रतिशत ग्यारेन्टी नभएको बताए।

यस्तै धन्दाबाट बुढाथोकी अहिले मंहगो प्राडो चढ्ने हैसियतमा पुगेका छन् । उनी बाग्मती प्रदेश ०१- ०३० च १२३४ नम्बरको ३ करोड बजार मूल्य पर्ने ल्याण्डक्रुजर प्राडो चढ्दै आएका छन् ।

अहिले यही श्रीकेशको विरुद्धमा जनता जागेका छन् । एक पछि अर्को अभियन्तादेखि मिडियाकर्मीसम्मले श्रीकेशको प्रचारबाजीविरुद्ध आलोचना गर्न थालेका छन् ।

पुण्य गौतमले लामो स्ट्याटस नै लेखेका छन्-‘कपाल झरेर हैरान मान्छेको यो फोटोले केश झर्न रोक्ने कथित तेलको पोल खोल्छ/भाडाका सेलिब्रेटी र बिकाऊ मिडियाको झुटो विज्ञापनको आडमा अरबौँ लुटेका यी धन्दासेठले क्यान्सरको औषधि भन्दै काठको धुलो बेचेकोबारे yoho TV ले स्टृङ अपरेसन चलायो/तर अहिले त्यो भिडियो हटाइएको छ/कतिपयले भिडियो डिलिट हुनुको कारण करोडौँको कमाल ठानेका छन्/आश्चर्य त के छ भने आफ्नै पछाडिको कपाल झर्दै गएको हेक्का नराख्ने रङ्ग पत्रकार प्रकाश सुवेदी सायद रहस्यमय आर्थिक प्रलोभनमा परेर होला,यो अवैध स्क्यामको स्टार प्रचारक भएका छन्/प्रकाशजी जस्तै नेपालका कयौँ नामुद कलाकार,नेता,पत्रकार र चर्चित हस्तीहरू आर्थिक सेटिङमा जनता ठग्ने महँगो नक्कली तेलको सन्दिग्ध कारोबारका मतियार भएका छन्/मेडिकल साइन्सले हार खाएको नयाँ कपाल उमार्ने,झर्न ठप्प रोक्ने फण्डा मच्चाउने श्रीकेशका अर्धसाक्षर साहुजी बुढाथोकी केही वर्ष अगाडि कलाकारितामा असफल भएका धूर्त व्यापारी हुन/आज करोडौँको गाडी-महलको मालिक भएका र लगभग अरबपतिको तुजुक गर्ने यी धन्दासेठको शङ्कास्पद तेलमाथि चौधरीको क्यान्सरवाला चाउचाउजस्तै तुरुन्तै छानबिन गरी दोषी ठहरिए कारबाही गरियोस्/दुनियाँलाई मूर्ख र बेवकुफ बनाएर अरबपति हुन हतारिएका यी चतुर कारोबारीलाई मेरो ओपन च्यालेन्ज- कपाल झरेर असमयमै बूढो देखिएका तालुचिन्डे युवा नेता गगन थापा र जवानीमै कपालले धोका दिएका तक्लु पूर्व प्रधानमन्त्री माधव नेपालको तालुमा लटरम्म नयाँ कपाल उमारेर देखाइदिनुस्/आजीवन तपाईँको फोटोमाथि आरती उतार्नेछु ।’

टीकारामको सप्तऋृषि आयुर्वेदले खुलेआम सर्वसाधारणलाई ठगी रहेको छ तर उपभोक्ताका हकहितका लागि खुलेका दर्जनौँ उपभोक्तावादी संघ संस्था, उपभोक्तासँग सरोकार राख्ने सरकारी निकायहरू कानमा तेल हालेर बसेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ