काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजो (शनिबार) कै मूल्यमा आज पनि विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।
आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ।