काठमाडौं- बिहीबार तोलामा दुई हजार रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले घटेको छ।
नेपाली बजारमा आज छापावाला सुनको भाउ प्रतितोला ११ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाला सुनको मूल्य घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५ सय रुपैयाँ थियो।
आज तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने घटबढ भएको छैन। बिहीबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
प्रतिक्रिया