+
Search

ताजा अपडेट +

पपुलर +

फेरि १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ काराेबार?

पालिका लाइभ
२०८० फाल्गुन २४, बिहीबार

काठमाडौं- सुनको मूल्यले तीन दिनयता लगातार कीर्तिमान कायम गरेको छ।

मंगलबार र बुधबार नयाँ उचाइमा पुगेको मूल्य बिहीबार फेरि १५ सय रुपैयाँ प्रतितोला दरले बढेर अर्को कीर्तिमान कायम भएको हो।

योसँगै मंगलबार १ लाख २५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन पनि आज १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

बुधबार छापावाल सुन १ लाख २३ हजार ५ सय र तेजाबी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। प्रतितोला नै १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

विश्वबजारमा समेत सुनको मूल्य उच्च भएको छ। एजेन्सीहरुका अनुसार प्रतिऔँस नै २ हजार १ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यो भनेको अघिल्लो दिनको तुलनामा प्रतिऔँस ३०.२९ अमेरिकी डलर वृद्धि हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ