+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यकर्मी निधनको शोकमा सार्वजनिक बिदा

पालिका लाइभ
२०८० फाल्गुन १४, सोमबार

गोरखा– स्वास्थ्यकर्मीको निधन भएको शोकमा गोरखा नगरपालिकाले सोमबार (आज) सार्वजनिक बिदा दिएको छ।

गोरखा- १४ प्युघरबेसी स्वास्थ्य चौकीमा कार्यरत ४८ वर्षीय अहेब किशोरबाबु सेढाईँको निधन भएको भन्दै नगरपालिकाले आज मातहातका सबै कार्यालयमा सार्वजनिक बिदा दिएको हो।

आइतबारको निर्णय अनुसार नगरपालिकाको कार्यालय, वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक बिदा गरेको नगरप्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ