+
Search

ताजा अपडेट +

पपुलर +

बैंकर्स अध्यक्ष केसीले भने- बैंकिङ क्षेत्रमा असुरक्षा बढ्यो, वितरणयोग्य नाफा ऋणात्मकताले चुनौती थप्यो

पालिका लाइभ
२०८० फाल्गुन १४, सोमबार

काठमाडौं– नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती थपिएको जनाउँदै सरकारबाट सकारात्मक सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले अनर्गल प्रचारले बैकिङ क्षेत्रप्रति भ्रम फैलिएका बेला सरकारबाट सकारात्मक सन्देश चाहेको बताए ।

‘लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रम छरिएको छ, बैंकहरु डुब्न लागे भन्ने भ्रम र हल्ला फैलाइएको छ तर सरकारबाट कुनै सपोर्ट भएको छैन’ उनले भने । ठूलो अर्थतन्त्र भएका मुलुकहरुमा पनि ब्याजदर बढ्ने क्रम रोकिएर स्थायित्व देखिन लागेको उदाहरण दिँदै उनले नेपालमा ब्याजदर सामान्य अवस्थाभन्दा पनि तल झरिसकेको बताए ।

‘अमेरिकामा मुद्रास्फिति ३ प्रतिशत माथि छ र २ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ, रोजगारी सिर्जना र अर्थतन्त्रको ग्रोथ राम्रो रहेकोले त्यहाँ ब्याजदर घट्ने अपेक्षा गर्न सकिन्छ’ उनले भने ।

नेपाली बैंकिङ क्षेत्रको कुल निष्कृय कर्जा केही बढे पनि खुद निष्कृय कर्जा करिब १ प्रतिशत मात्रै रहेको केसीले बताए ।

‘खुद तरल सम्पत्ति २९ प्रतिशत छ । पछिल्लो ४ वर्षदेखि लगातार रिटर्न अन इक्विटी घटेर पछिल्लो त्रैमासमा १० प्रतिशत भन्दा तल करिब ९ प्रतिशत छ’ उनले भने । हाल बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको र आगामी दुई त्रैमासमा अझै बढ्न सक्ने उनको भनाइ छ ।

‘बैंकहरुको जोखिम प्रोभिजन बढेको छ, जुन आवश्यक पनि छ’ उनले भने ।

सरकारको स्टिमुलस प्याकेज सानोसानो क्षेत्रमा आउन नसक्दा र निर्माण क्षेत्रमा पनि समस्या हुँदा एसएमई र निर्माण क्षेत्रमा निष्कृय कर्जा बढेको केसीले बताए । यतिबेला सरकारबाट सकारात्मक सन्देश बैंकिङ क्षेत्रले चाहेको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ