+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ विकास बैंकको साधारणसभामा १०.२६% लाभांश स्वीकृत, नयाँ संचालक समिति चयन

पालिका लाइभ
२०८० पुष २९, आईतवार

काठमाडौं– मुक्तिनाथ विकास बैंकको पोखरामा सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांशको प्रस्ताव स्वीकृत गरेको छ।

१७औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्दै नयाँ संचालक समिति समेत चयन गरेको जनाएको छ।

नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल , विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।

सेयरधनीले पाउने उक्त लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद छ। साधारणसभाबाट आव २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु समेत पारित गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए।

सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारेको बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ