+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबी बैंकको निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९७ अर्ब

पालिका लाइभ
२०८० पुष २६, बिहीबार

काठमाडौं- एनएमबी बैंकको गत आर्थिक वर्षमा तीन अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ।

बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न २८औँ वार्षिक साधारण सभाका क्रममा बैंकले सो जानकारी दिएको हो।

०८० असारसम्ममा बैंकको निक्षेप २ खर्ब १३ अर्ब ४ करोड र कर्जा १ खर्ब ९७ अर्ब ४७ करोड रहेको बैंकले जनाएको छ।

बैंकका निवर्तमान सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न साधारण सभामा बैंकका सञ्चालक र शेयरधनीहरूको उपस्थिती रहेको थियो।

साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल सञ्चालक समिति सदस्य निर्वाचित भएका छन्। साथै, निर्वाचित सञ्चालक समितिकाे बैठकले मनोज कुमार गोयललाई अध्यक्ष चयन गरेको छ ।

यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन्। एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो।

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ