+
Search

ताजा अपडेट +

पपुलर +

सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने

पालिका लाइभ
२०८० कार्तिक १९, आईतवार

रुपन्देही– सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय थान कम्बल सहयोग गर्ने नगरपालिकाले निर्णय गरेको हो।

आइतबार बसेको नगरकार्यपालिकाको बैठकले भूकम्पले बढी क्षति पुरर्‍याएको जाजरकोट र रुकुम पश्चिमका पीडितहरुका लागि दुवै जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्ड अनुसार पाँच/पाँच लाख रुपैयाँ प्रदान निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ