+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकका सीईओ केसी भन्छन्: अझै २०० अर्ब निक्षेप आउँछ, कर्जा विस्तारमा कसिलो हुनुपर्छ

पालिका लाइभ
२०८० जेष्ठ ८, सोमबार

काठमाडौँ- नेपाल बैंकर्स संघका अध्यक्ष एवम् एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकिङ प्रणालीमा निक्षेप थपिँदै जाने बताएका छन्।

सीईओ केसीले बैंकिङ प्रणालीमा अझै २०० अर्ब थपिने बताएका हुन्। उनले यो वर्ष  ३०० अर्ब रुपैयाँ निक्षेप बढ्दा १२४ अर्ब कर्जा प्रवाह बढेको बताए।

डिपोजिटको तुलनामा कर्जा प्रवाह धेरै कम हुँदा निरन्तर तरलता सुधार हुँदै आइरहेको केसीको भनाइ छ। पछिल्लो समय निक्षेप बढ्दै गए पनि बैंकहरु कर्जा विस्तारमा कसिलो हुनुपर्ने केसीले बताएका छन्।

‘पछिल्लो समय निरन्तर निक्षेप बढेर बैंकहरु कर्जा लगानी गर्न सक्ने अवस्थामा पुगेका छन,’ उनले भने, ‘११ वाणिज्य बैंकको क्यापिटल एडुकेसी रेसियो १० प्रतिशतभन्दा कम छ। क्यापिटल एडुकेसी रेसियो टाइट हुँदा कर्जा प्रवाहमा कसिलो हुनुपर्नेछ।’

केन्द्रीय बैंकको नीतिका कारण रेट घट्दै जाँदा ‘बरोइङ कस्ट’ घट्ने र यसले केक्रिट ग्रोथ बढाउन सपोर्ट गर्ने केसीले बताए।

‘राष्ट्र बैंकले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ,’ उनले भने, ‘यसले ब्याजदर बढ्दा निरन्तर बढ्ने घट्दा निरन्तर घट्ने देखिन्छ ।अहिले ब्याजदर घट्दो क्रममा हुँदा घट्दै जान्छ।’

उनले असारमा स्प्रेड दर ४ प्रतिशतमा ल्याउनुपर्ने अवस्था रहेको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ