+
Search

ताजा अपडेट +

पपुलर +

भीमसेनमा फहराइयो ६१ फिट अग्लो नेपाली राष्ट्रिय झण्डा !

पालिका लाइभ
२०७९ भाद्र ३०, बिहीबार

गोरखा- भीमसेन थापा गाउँपालिका वडा न २ मा रहेको सिद्दकाली मन्दिर परिसरमा ६१ फिट अग्लो नेपालको झन्डा स्थापना गरिएको छ ।

उक्त झन्डा कुल १७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

भीमसेन थापा गाउँपालिकाको १० लाख, गण्डकी प्रदेश सरकारको ६ लाख र वडा न २ को १ लाख गरी कुल १७ लाख बजेटमा उक्त झन्डा स्थापना गरिएको भीमसेन थापा गाउँपालिकाले जनाएको छ।

झन्डा स्थापना गर्ने निर्माण समितिमा नारायण लामिछाने, कमल भट्ट, विमला लामिछाने, उत्तम लामिछाने, विश्वजित लामिछाने र पूजा समितिका पदाधिकारी रहेका थिए ।

११ सय ९० मिटरको उचाइमा निर्माण गरिएको उक्त नेपाली राष्ट्रिय झन्डा ६१ फिट अग्लो छ, चौडाइ ४० फिट रहेको छ ।

गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा न २ अन्तर्गत तान्द्राङ्गकोट धार्मिक रूपले प्रख्यात ठाउँ हो । पृथ्वीनारायण शाह देखिको इतिहास जोडिएको यसभुमि दुर्लभ ऋषिको भूमि हो ।

दुर्लभ ऋषि पृथ्वीनारायणको विश्वासिलो ज्योतिषी रहेको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ