+
Search

ताजा अपडेट +

पपुलर +

सिर्दिबासकी १४ वर्षीय बालिकामाथि बलात्कार !

पालिका लाइभ
२०७९ भाद्र २७, सोमबार

गोरखा- चुमनुब्री गाउँपालिका-३,पामो (सिर्दिबास) की१४ वर्षीय बालिकामाथि बलात्कार गर्दै गरेको अवस्थामा घटनास्थलबाटै नेपाली सेनाका अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको छ।

गोरखाको चुमनुब्री गाउँपालिका-३,पामो (सिर्दिबास) की १४ बर्षीया बालिका बलात्कार गरेको आरोपमा बेनिघाट-आरुघाट-लार्के सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको छ।

बिगत १७ बर्षदेखि नेपाली सेनामा कार्यरत बाग्लुङ गलकोट-११, रानाले गत शनिबार बारीमा तरकारी टिप्न गएकी १४ वर्षीय बालिकामाथि बलात्कार गर्दै गरेको अवस्थामा घटनास्थलमै स्थानीयले नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ