गोरखा– नेपाली कांग्रेस, गोरखाले अन्तर्घातका कारण चुनाव हारिएकाे निष्कर्ष निकालेकाे छ । कांग्रेस जिल्ला कार्यसमितिले गरेको समीक्षा बैठकले कार्यकर्ताबाट असहयोग हुँदा चुनाव हारेको निष्कर्ष निकालेको हो ।
पार्टी कार्यालयमा तिनधारेमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपाने निर्वाचनमा पराजयको मुख्य कारण प्रस्पिर्धी दलहरु बिचको अघोषित गठबन्धन भएपनि पार्टी भित्रको अन्तरघात समेत अर्को कारण भएको बताए । उनले अन्तरघात गर्नेहरुलाई छानविन गरी बिधानले व्यवस्था गरे बमोजिम अनुशासनको दायरा ल्याइने बताउनुभयो ।
‘जिल्ला पार्टीको दुई दिनसम्म भएको समिक्षा बैठकमा पराजय व्यहोरका पार्टीका उमेद्वारहरुले अन्तरघात भएको पनि रिर्पोटिङ गर्नुभएको छ, उनले भने, ‘पार्टीको बिधान अनुसार जिल्ला स्तरीय छानविन समिति बन्छ, र वडा र पालिका स्तरबाट प्रमाण सहित अन्र्तघात पुष्टी भए कारवाही हुन्छ ।’
समिक्षा बैठकमा अधिकाशं पराजित उम्मेदवार र जिल्ला कार्यसमितिका पदाधिकारी एवमं सदस्यहरुले पार्टीमा रहेर पार्टीकै उम्मेदवारको विरुद्धमा केही नेता कार्यकर्ता लागेको गुनासाहरु व्यक्त भएकाले उनीहरुलाई अनुशासनको दायरामा ल्याउनु पर्ने माग भएको काग्रेसले जनाएकाे छ ।
सभापति न्यौपाने जारी गरेकाे बिज्ञप्तिमा पार्टीले जिल्ला भित्र निर्वाचनमा कांग्रेस पार्टीले प्रमुख र उपप्रमुख पदमा अपेक्षाकृत स्थानमा विजय हासिल गर्न नसकेको भन्दै वडामा प्राप्त मत परिणामका आधारमा भने प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रको तुलनामा काग्रेसले ६सय ६० मत बढी मत प्राप्त गरेको उल्लेख छ । वडा स्तरमा जिल्ला भर कांग्रेसले ४८ हजार २१२ र प्रतिपस्पर्धी दल माओवादी केन्द्रको ४७ हजार ५४२ मत प्राप्त गरेको थियो ।
प्राविधिक रुपमा कांग्रेस पार्टीले स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा केही मत कम ल्याए पनि समग्रमा लोकप्रिय मतमा जिल्लामा काग्रेस अगाडी रहेको विज्ञप्तिमा उल्लेख छ । जिल्लाका कुल ४८७ जनप्रतिनिधि मध्ये कांग्रेसले २१६ स्थानमा बिजय हासिल गरेको दावी गरेका छन् ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जिल्लाको ११ पालिकामध्ये दुई पालिकाको प्रमुख र पाँच पालिकाको उपप्रमुख कांग्रेसले जितेको हो । बाँकी माओवादी केन्द्रले । यसअघि २०७४ सालको स्थानीय निर्वाचमा कांग्रेसले ९ स्थानीय तहको नेतृत्व जितेको थियो ।
स्थानीय निर्वाचनमा प्राप्त भएको अनपेक्षित नजिताको गम्भीर समिक्षा गर्दै पार्टी संगठनलाई थप मजबुद बनाउँदै जनतामा माझ जाने प्रतिवद्धता समेत काग्रेसले व्यक्त गरेको छ ।
प्रतिक्रिया