+
Search

ताजा अपडेट +

पपुलर +

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गोरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्तो होला ?

लीलाधर काेइराला
२०७८ माघ १९, बुधबार १०:२७ गते

गोरखा– २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। एघार स्थानीय तह रहेको गोरखामा पहिलो चरणअन्तर्गत वैशाख ३१ गते निर्वाचन भएको हो।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले नौ सिट जित हासिल गरेको थियो भने नेकपा (माओवादी केन्द्र)ले दुई सिट हासिल गरेको थियो । जिल्लामा चार दल कांग्रेस, माओवादी, नेकपा (एमाले) र तत्कालीन नयाँ शक्ति पार्टी हाल जनता समाजवादी पार्टी (जसपा) एक्ला एक्लै निर्वाचनमा होमिएको थियो ।

कांग्रेस र माओवादीबाहेकका दलले कुनै पनि स्थानीय तह जित्न सकेन । पछिल्लो पाँच वर्षको सेरोफेरोमा यो नजिता तलमाथि पक्का हुनेवाला छ । जिल्लाका राजनीतिक दलहरूका अनुसार आफूहरूको जित निश्चित रहेको दाबी समेत गर्नेहरू समेत धेरै छन् ।

त्यति बेलाको परिस्थितिमा केही फेरबदल आएका छन्। जस्तो कि, एमाले नै विभाजित भएको छ। आगामी निर्वाचनमा कुन खालको गठबन्धन बन्छ वा बन्दैन र त्यसलाई मतदाताले कसरी लिन्छन्, नतिजा मूलतः त्यसैमा निर्भर गर्छ। हामीले यहाँ भने गत निर्वाचनको चुनावी मत परिणामलाई केलाउने प्रयास गरेका छौँ। २०७४ को स्थानीय निर्वाचनमा जिल्लाका एघार स्थानीय तहमा कसले कति मत ल्याएका थिए । त्यसबारेमा चर्चा गर्ने छौँ ।

गोरखा नगरपालिका

गोरखा नगरपालिकामा नेपाली कांग्रेसबाट राजनराज पन्त, माओवादी केन्द्रबाट कृष्ण राना मगर, नेकपा एमालेबाट विश्वेश्वर कट्टेल र नयाँ शक्ति पार्टीबाट ज्ञानेन्द्र कुमाल चुनावी मैदानमा उत्रिएका थिए । पन्तले ६ हजार ५६० मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रानाले ५ हजार २६ मत, कट्टेलले ४ हजार २८३ र कुमालले २ हजार ८३  प्राप्त गरेका थिए ।

उपमेयरमा कांग्रेसकी बिनु कुमारी श्रेष्ठ ६ हजार २६० मतका साथ विजयी भएकी थिइन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी सम्झना देवकोटाले ४ हजार ६०५ मत, माओवादीकी कञ्चन कुमालले ४ हजार २५० र नयाँ शक्तिकी पूर्णमाया वन्तले २ हजार ७५ मत ल्याएकी थिइन् ।

पालुङटार नगरपालिका

पालुङटार नगरपालिकामा कांग्रेस, माओवादी र नयाँ शक्तिबिच कडा टक्कर परेको थियो । कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेल ४ हजार ६९८ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका विवश चिन्तन ४ हजार ४१९, नयाँ शक्तिका अशोक देवकोटा ३ हजार ९७६ र एमालेका जुद्वविलास भण्डारी २ हजार ४१० मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा माओवादी केन्द्रकी पम्फा बसेल ४ हजार ४९४ मतका साथ निर्वाचित भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चेत कुमारी श्रेष्ठ ४ हजार ११९ मत, एमालेकी सृजना रेग्मी २ हजार ७२० र नयाँ शक्तिकी देवी माया गिरी ३ हजार ९०४ मत पाएका थिए ।

चुमनुब्री गाउँपालिका

चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसका धन बहादुर गुरुङ १ हजार २५३ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका लाक्पा ढुनडुप लामा १ हजार १८५ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा माओवादीकी कुमारी गुरुङ निर्वाचित भएकी थिइन् । उनले १ हजार २८३ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन् ।

धार्चे गाउँपालिका

धार्चे गाउँपालिका अध्यक्षमा कांग्रेसका सन्त बहादुर गुरुङ १ हजार ७०७ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मण गुरुङले १ हजार ६३८ मत प्राप्त गरेका थिए भने माओवादीका सूर्य बहादुर गुरुङले १ हजार २२८ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी फुल माया गुरुङ १ हजार ५९६ मतका साथ निर्वाचित भएकी थिइन् भने उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी  आशा गुरुङ १ हजार ३२१, एमालेकी सुस्मिता घलेले १ हजार १८५ मत पाएका थिइन् ।

अजिरकोट गाउँपालिका

अजिरकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका फणीन्द्रप्रसाद धिताल ३ हजार ०३३ मत पाएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दीपक देवकोटा रहेका थिए । उनले २ हजार ७०२ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी चन्द्र माया गुरुङले ३ हजार ०३० मत पाएकी थिइन् भने उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी अनिता भुजेल २ हजार ६४२ मत पाएकी थिइन् । अन्य दलका उम्मेदवारले हजार मत कटाउन सकेका थिएनन् ।

आरुघाट गाउँपालिका

आरुघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पूर्ण बहादुर दाहाल निर्वाचित भएका थिए । उने ३ हजार ४०४ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बक बहादुर लामा रहेका थिए । उनले २ हजार ०६४ मत पाएका थिए ।

उपाध्यक्षका कांग्रेसकी कल्पना नेपालीले ३ हजार ६०९ मतका साथ निर्वाचित भएकी थिइन् भने उनको निकटतम प्रतिद्वन्द्वी  एमालेकी मिना बरामुले ३ हजार ०३७ मत पाएकी थिइन् । माओवादीकी अमृत लामाले १ हजार ७६२ र नयाँ शक्तिकी मन कुमारी गुरुङले ६११ मत पाएकी थिइन् ।

गण्डकी गाउँपालिका

गण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका होमबहादुर राना निर्वाचित भएका थिए । उनले ४ हजार १३८ मत पाएका थिए भने उनका निकटमा प्रतिद्वन्द्वी माओवादीका दीपक तिम्सिना रहेका थिए । उनले ३ हजार ८५७ मत पाएका थिए । एमालेका विष्णु पन्तले १२४२ मत पाएका थिए । उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी ४ हजार १०० मतका साथ निर्वाचित भएकी थिइन् भने उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी दुर्गा गुरुङले ३ हजार ९२८ मत पाएकी थिइन् ।

भीमसेन गाउँपालिका

भीमसेन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ईश्वर पाण्डे निर्वाचित भएका थिए । उनले ३ हजार ९४३ मत पाउदैं निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका लोकप्रसाद बन्जारालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । बन्जाराले २ हजार ९८४ मत पाएका थिए । एमालेका सुरेश बाबु श्रेष्ठले १ हजार २५५ र नयाँ शक्तिका चित्रकुमार श्रेष्ठले १ हजार ११४ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी बिनु वाग्ले निर्वाचित भएकी थिइन् । उनले ३ हजार ९८३ मत पाएका थिइन् भने उनको निकटतम प्रतिद्वन्द्वी माओवादीका लीला श्रेष्ठ रहेकी थिइन् । उनले ३ हजार २०२ मत पाएकी थिइन् । एमालेकी कविता अर्याल १ हजार २७० र नयाँ शक्तिका मिलन न्यौपाने (देवकोटा)ले ९१३ मत पाएका थिए ।

शहिदलखन गाउँपालिका

शहिदलखन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रमेशबाबु थापा निर्वाचित भएका थिए । उनले ३ हजार ८०८ मता साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वीले कांग्रेसका कृष्ण बहादुर आलेले ३ हजार ४०३ मत, एमालेका मनोज कुमार जोशीले २ हजार ५५६ र नयाँ शक्तिका गोपाल बाबु श्रेष्ठले १ हजार ८११ मत पाएका थिए ।

उपाध्यक्षमा माओवादीकी इन्दिरा तिवारी ३ हजार ७९८ मतका साथ विजयी भएकी थिइन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शर्मिला श्रेष्ठ ३ हजार ५७५ मतका ल्याएकी थिइन् । एमालेकी लुना थापा २ हजार ३३२ र नयाँ शक्तिकी कल्पना थापाले १ हजार ८१२ मत पाएका थिए ।

सिरानचोक गाउँपालिका

सिरानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरुङ ३ हजार ४०२ मतका साथ निर्वाचित भएका थिए । उनका निकटमा प्रतिद्वन्द्वी माओवादीका नवराज पुडासैनी रहेका थिए । उनले ३ हजार २३५ मत पाएका थिए । एमालेका प्रेम बहादुर गुरुङले १ हजार ७४० र नयाँ शक्ति पार्टीका महेश कुमार गुरुङले १ हजार ४३१ मत पाएका थिए ।

बारपाक-सुलकाेट गाउँपालिका

सुलिकोट गाउँपालिकाको अध्यक्षमा माओवादीका विष्णुप्रसाद भट्ट निर्वाचित भएका थिए । उनले ४ हजार ६५९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्र कुमार गुरुङ रहेका थिए । उनले ३ हजार ०२२ मत पाएका थिए । उपाध्यक्षमा माओवादीका सनमाया गुरुङ निर्वाचित भएकी थिइन् उनले ४ हजार ५० मत पाएकी थिइन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जनक कुमारी कोइरालाले ३ हजार ०४१ मा पाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला
Verified by ExactMetrics