मलाई
त्यो चोखो तिम्रो माया देउन मलाई
त्यो निश्चल तिम्रो प्रेम देउन मलाई
मेरो वर नी तिमी पीपलनी तिमी
मनको शीतल छहारीमा लुक्न देउन मलाई
पिरतीको नजरले दुनिया हेरौला
बैरीको नजरपनि मायाले पुछौला
मृत्युसामु आएपनि आफैमा हराईदिने
हीर र रान्झाको झै माया लगाइदेउन मलाई
सूनचाँदी हिरामोती चाहिदैन मेरो मायालाई
तिम्रो सुन्दर झुपडीमै जुनी कटाइदिउला
बस घाम र पानीको ओत मात्र होइन
दुःखपीडाको ओत लाग्ने मनको दरबार बनाइदेउन मलाई
बास्नादार अत्तर चाहिदैन मलाई
सुगंध तिम्रो मायाको भए पुग्छ
बाहिरी सुन्दरता नभएर के भोर
तिम्रो सुन्दर मनको रानी बनाइदेउन मलाई
वैरीसँग लड्नु परेछ भनेनी लडौला
बस तिम्रो र मेरो मायाको डोरी नचुडियोस
फूलैफूलको बगैचा तिम्रो भयो अब
नचुडिने फूलको माला लगाई देउन मलाई
कुरा काट्नेको कमी हुने छैन यहाँ
कोहिले तिम्रो कान भर्लान कोहिले मेरो कान
तिमी त मेरो विश्वासको धरातल होऊ
कुरा काट्नेको मुख टाल्ने माया लगाई देउन मलाई
धर्मका कुरा गरेर रोक्लान यहाँ
जातका कुरा गरेर रोक्लान यहाँ
तिमी त मेरो भगवान भयौ अब
मायालाई पूज्ने मन्दिर बनाई देउन मलाई
भनलान कोही तिमी भाग्यमानी
भनलान कोही मलाई भाग्यमानी
मेरो सूखको भाग्य तिमिलाई भयो अब
तिम्रो सबै पीडा देउन मलाई
यहाँ त माया छिनछिनमै जुट्छन छिनछिनमैं टूट्छन
हाम्रो माया अजम्बरी रहोस
जन्मौजन्मपनि नटुटने हाम्रो माया
सातौ जन्मको डोरी बाधी देउन मलाई