काठमाडौं- नेकपा (माओवादी केन्द्र)को संशोधित विधान महाधिवेशन हलबाट अनुमोदन भएको छ। संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ स्थायी समिति सदस्य देव गुरूङले दिएपछि विधानमा केही परिमार्जनसहित अनुमोदन भएको हो।
अनुमोदित विधान अनुसार केन्द्रीय समिति सदस्य ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी कोटा प्रणालीबाट बनाउने व्यवस्था गरिएको केन्द्रीय सदस्य युवराज दुलालले बताए। यसअघि १५ जना पदाधिकारी बनाउने भनिएकोमा अहिले त्यो संख्या नतोक्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
पदाधिकारी संख्या बढाउने अधिकार महाधिवेशन हलले केन्द्रीय समितिलाई दिएको छ । त्यस्तै केन्द्रीय सदस्य मानोनित गर्ने प्रतिशतलाई १० बाट १५ मा पुर्याइएको छ । केन्द्रीय समिति भने २९९ जनाको नै हुने छ।
प्रतिक्रिया