+
Search

ताजा अपडेट +

पपुलर +

हरमटारी खेलकुद मैदान विवाद : मन्त्री मनाङेकाे निर्देशन- तत्काल कसैलाई प्रयाेग गर्न नदिनु

लीलाधर काेइराला
२०७८ पुष १, बिहीबार २०:०० गते

गाेरखा- गाेरखाकाे हरमटारी खेलकुद मैदान अन्य प्रयाेजनका लागि प्रयाेग गर्न नदिन खेलकुद मन्त्रालयले निर्देशन दिएकाे छ । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेकाे निजी सचिवलायद्वारा जिल्ला प्रशासन कार्यालय गाेरखा र गाेरखा नगरपालिकालाई बाेद्यार्थ पठाईएकाे पत्रमा भनिएकाे छ- ‘नवाैं राष्ट्रिय खेलकुद कार्यक्रम निकट भविष्यमा सञ्चालन हुन गईरहेकाले तत्काल कसैलाई प्रयाेग गर्न नदिनु ।’

पुस ५ देखि १५ सम्म चेम्बर अफ कमर्सले हरमटारी खेलमैदानमा मेला गर्ने निर्णय गरेको थियाे । चेम्बरले मैदानको स्वामित्व रहेको जिल्ला खेलकुद बिकास समितिसँग सम्झौता गरेर कृषि तथा ब्यापार प्रर्वद्धन मेला गर्न अनुमति लिइसकेको छ । तर मन्त्री मनाङेकाे निर्देशन पछि कमर्सले आयोजना गर्ने भनिएकाे कृषी तथा व्यापार प्रवर्धन मेला अलपत्र पर्ने भएकाे छ ।

पत्रमा भनिएकाे छ- नवौं राष्ट्रिय खेलकुद कार्यक्रम  यस गण्डकी प्रदेश भित्र रहेका खेल मैदान (रगंशाला)हरूमा निकट भविष्यमा सञ्चालन हुन गईरहेकाे व्यहाेरा त्याहाँ समितिलाई अवगत नै भएकाे विषय हाे । साे कार्यका लागि यस मन्त्रालयकाे बार्षिक कार्यक्रम तथा नवाैं राष्ट्रिय खेलकुद कार्यक्रम सञ्चालनार्थ यस प्रदेशमा रहेका खेल मैदानहरूकाे स्तराेन्नति लगायतका कामहरूका लागि मन्त्रालय अहाेरात्र खटिरहेकाे छ ।  त्यसर्थ त्यहाँ समिति माताहात रहेका खेल मैदानहरूमा खेल सम्बन्धि नियमित गतिविधि  तथा खेलमैदानकाे स्तराेन्नति बाहेकका  अन्य कुनैपनि प्रकारका काम कारवाहीहरू नगर्नु नगराउनु हुन याे जानकारी गराईएकाे छ । अन्यथा केहि गरिएकाे पाईएमा वा भेटिएमा सम्बन्धित जिम्मेवार पदाधिकारीलाई नियमानुसार कडा कारवाही गरिने व्यहाेरा समेत जानकारी छ ।’

जिल्लाका जानकारहरू भने याे उघाेग बाणिज्य संघ, गाेरखा र चेम्बरकाे जुगाँकाे लडाइँ भएकाे भन्दै हरेक बर्ष विवाद हुने तर्क गरेका छन्।मेला हुने भनिएको खेलमैदानमा उपभोक्ता समितिले मर्मतको काम गरिरहेको छ । नगरपालिकाले बिनियोजन गरेको २० लाख बजेटबाट त्यहाँ मैदान मर्मत भईरहेको छ । गत वर्ष एन्फाको सहयोगमा मैदानमा घेराबार लगाइएको थियो ।

गोरखा जिल्ला फुटबल संघ, गोरखा जिल्ला ब्याडमिन्टन संघ, हरमटारी क्लव, गोरखा युथ क्लव, गोरखा जिल्ला सितेरियो कराते संघ, गोरखा र गोरखा जिल्ला तेक्वान्दो संघ गोरखाले जिल्ला प्रशासन कार्यालयमा हरमटारी खेलमैदानमा मेला महोत्सव रोग्न माग गरेका थिए । जिल्ला खेलकुद बिकास समितिले मंसिर ३ गते चेम्बरलाई चलानी नं. १६२ को पत्राचार गर्दै मैदानमा निर्माण भएको संरचना बिग्रने भएकाले मेला महोत्सव गर्न मैदान कुनैपनि संघ संस्थालाई नदिने विषयमा पत्राचार गरेका थिए।

अध्यक्ष शान्तसिंह बस्नेतले हस्ताक्षर गरेको पत्र पठाएको दुई साता नबित्दै उनले नै मैदान दिने सम्झौतामा हस्ताक्षर गरेका छन् । अध्यक्ष बस्नेतले उक्त मैदान खेलकुद बिकास समितिको स्वामित्वमा भएकाले संरचनामा असर नपुग्ने गरी मेला गर्न दिएको बताए । ‘जिल्ला खेलकुदलाई दुई लाख रुपैयाँ मेला गरे बापत दिने सम्झौता भएको छ’ उनले भने । मैदान पनि मेला आयोजकले पुर्वबत अवस्थामा बनाईदिने गरी सम्झौता भएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला
Verified by ExactMetrics