+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाकाे आरूघाट केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

पालिका लाइभ
२०७८ आश्विन ३१, आईतवार

गोरखा- गोरखा केन्द्रबिन्दु बनाएर आज (आइतबार) बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाकाे आरूघाट आसपास केन्द्र भएर बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्यूडकाे भूकम्प गएको हो।

केन्द्रका अनुसार असोज महिनामा मात्रै ६ पटक भूकम्प गएका छन्। जसमा सिन्धुपाल्चोक केन्द्रविन्दू भएरमात्रै ४ पटक भूकम्प गएको छ।

सिन्धुपाल्चोकमा पछिल्लोपटक असोज १६ गते एकैदिन १५ मिनेटको फरकमा दुईपटक भूकम्प गएको थियो। केन्द्रका अनुसार असोज १६ गते बेलुका ७ बजेर ५८ मिनेटमा ४.६ र ८ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो।

त्यस्तै असोज ९ गते सिन्धुपाल्चोकमै अपरान्ह १२ बजेर १२ मिनेट जाँदा ४.५ र १५ गते अपरान्ह १२ बजेर ५४ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।

असोज ४ गते दिउँसो ४ बजेर ३० मिनेट जाँदा दार्चुलाको खारा केन्द्रविन्दू भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ