+
Search

ताजा अपडेट +

पपुलर +

ओलीकाे प्रश्न- तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ, किन फोन गरेन ?

पालिका लाइभ
२०७८ भाद्र २२, मंगलवार १५:१२ गते

पोखरा- एमाले अध्यक्ष केपी ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न शेरबहादुर देउवाकाे सरकारले नसकेको बताएका छन् ।

पोखरामा मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाएका हुन् ।

आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ । महिनौँ दिन भइसक्यो । तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि । तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ