नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालको पहिलो हिन्दी गीत सार्वजनिक भएको छ। शबाब साबरीसँगको युगल गायनमा रहेको गीतको भिडिओमा स्मिताले अभिनय पनि गरेकी छन्।
के आर वाहीले लेखेको हिन्दी गीतमा शबाब साबरीकै संगीत छ। राजीव एस रुजाले निर्देशन गरेको म्युजिक भिडिओमा स्मितासँग चर्चित मोडल तथा कलाकार अर्जुन बिजलानीले अभिनय गरेका छन्।
‘इबादत बन गए हो’ बोलको गीतको भिडिओ शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। प्रचण्ड पुत्री गंगा दाहालकी छोरी स्मिताले यसअघि धेरैवटा नेपाली गीतको म्युजिक भिडिओ बनाइसकेकी छन्।
भिडियाे